स्थानीय सरकार शहीद परिवारलाई रोजगारी दिदै



Published Date:2018-08-28

Views: 1169

महेन्द्रनगर, धनुषा ।  मधेश आन्दोलनका क्रममा शहीद हुनुभएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई प्रदेश नं. २ सरकारले रोजगारी दिएको छ ।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णयअनुरुप प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो ।

आज एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले निलमदेवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आह्वान गरिसकेका छौँ, सम्पर्कमा आउनुहुने शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिन्छौँ । ”

यसअघि पनि मुख्य न्यायाधिवक्ता कार्यालयमै अर्को शहीद रामविवेक यादवकी श्रीमती अनिला यादवलाई समेत रोजगारी दिइएको थियो ।

मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उहाँहरुलाई रोजगारी दिइएको हो । निर्देशिकाअनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।

Share on Google+

Related Posts


  • पत्रकारको सुरक्षाको लागि राज्य स्तरबाटै केही व्यवस्था भए राम्रो

    उर्मिला भट्टराई /दिपिन ढुंगानार, २९ जेष्ठ – जब कोरोना भाइरस चिनको वुहान प्रान्तमा देखियो भनेर अन्तराष्ट्रिय समाचार संस्थाहरुबाट समाचार आयो, त्यति बेला मेरो मनमा अलिकति पनि डर, त्रास थिएन । कोरोना भाइरस जब चिनको वुहान बाट बिस्तारै अन्य प्रान्तमा र अन्य देशमा पनि फैलिन थाल्यो तब बिस्तारै मनमा के होला यो रोग भन्ने लाग्न थाल्थो । […]


  • सिन्धुलीमा प्रहरीको सक्रियतामा लागुऔषध नियन्त्रण तथा समुदायमा कोरोनाभाइरस विरुद्ध बृहत् सचेतना

    फागुन २८ हाम्रो सिन्धुली-सिन्धुलीमा नेपाल प्रहरीको वागमती प्रदेश प्रहरी कार्यालयको सक्रियतामा लागुऔषध नियन्त्रण तथा समुदायमा कोरोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्व समुदायमा स्वास्थ्य क्षेत्रमा आपतकालीन घोषणा भइसकेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यलय को समन्वय, जिल्ला प्रहरी कार्यालय सिन्धुली आयोजनामा यहाँ लागुऔषध नियन्त्रण तथा […]


  • महोत्सवमा नाम मात्रको सिसि क्यामेरा

    कृञ्जला पुलामी, सिन्धुली । तपाई सिसि क्यामेराको निगरानीमा हुनुहुन्छ । कृपया नराम्रा काम गर्ने प्रयत्न नगर्नुहोला । यो भनाई अर्थात् शब्द सिन्धुलीमाढीमा जारी प्रादेशिक महोत्सव २०७५ मा दोहोरी रहन्छ । महोत्सव अवलोकन गर्न जानु भएका तपाईहरुले याद गर्नुभएको छ की छैन । प्रस्तुती बाह्ेकका समयमा कार्यक्रमका उद्घोषकले बारम्बार यो कुरा दोहोर्यायी रहन्छन् । जब हामी […]