असोज ९ र १० गते नेपालमा अन्तराष्ट्रिय बिमा सम्मेलन हुने



Published Date:2018-09-10

Views: 1595

काठमाडौं,भाद्र २५
आगामी असोज ९ र १० गते नेपालमा अन्तराष्ट्रिय बिमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआईआरडीसी), बिमा समिति र नेपाल बिमकं सघंको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सन २००० पछि नेपालमा यो सम्मेलन हुन लागेको हो । बिभिन्न देशमा यस्ता खालका सम्मेलन हुँदै आइरहेको छ । यो सम्मेलन २२ औं हो । उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बिमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब पाँच सय बढीको सहभागीता हुने आयोजकले जनाएको छ । विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाइएको छ । सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिने छ । सम्मेलनबाट आएका सुझावहरुले नीति निर्माणमा पनि सहयोग पुग्ने बिमा समितिको भनाइ रहेको छ ।
बिमा कम्पनीहरुले एक वर्षमै ७३ अर्बको कारोबार गरेका छन् । हाल एउटा पुर्नबीमा कम्पनी सहित ३९ वटा बिमा कम्पनी सञ्चालनमा रहेका छन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्षमा यति ठूलो रकमको कारोबार गरेका हुन् । निर्जीवन बिमा कम्पनीले भन्दा बढी जीवन बिमा कम्पनीहरुले कारोबार धेरै गरेका छन् । गत आर्थिक वर्षमा २२ अर्बको निर्जीवन बिमा र ५१ अर्बको जीवन बिमा गरी कुल ७३ अर्बको बिमा व्यवसाय गरेको बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले जानकारी दिनुभयो । हाल २० वटा निर्जीवन बिमा कम्पनी, १८ वटा जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । गत आर्थिक वर्षमा ९ वटा जीवन बिमा कम्पनी र तीनबटा निर्जीवन बिमा कम्पनी थपिएका छन् ।

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]