Published Date:2018-09-26
Views: 1751
धादिङ,असोज १०
यस वर्ष भाद्र महिनाको अन्तिम समय सम्म पनि मनसुन सक्रिय भएका कारण असोजको पहिलो साता सम्म पनि कच्चि तथा ग्रामिण क्षेत्रका सडकहरुमा यातायातका सवारी साधनहरु नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । एक हप्ता अघिदेखि मनसुन रोकिएपछि सडक मर्मत गरेर यातायातका साधनहरु चल्न सक्ने भएकोले जिल्ला सदरमुकाम धादिङबेसिबाट जाने ग्रामिण सडकहरु धादिङबेसि सल्यान्टार, सिक्कटार,बुढाथुम ,आरुघाट ,खहरे , धादिङबेसि नलाङ कमलाबारी, धादिङबेसि खरीसम्म आजदेखि बस सञ्चालन गरिएको नेपाल यातायात व्यावसायि संघ धादिङका महासचिव राजेश प्रजापतिले जानकारी दिनुभयो । आजदेखि बस सञ्चालनमा आपछि सम्बन्धित क्षेत्रका सर्वसाधारणहरुलाइ सदरमुकाम लगायतका विभिन्न स्थानहरुमा आवत जावतको लागि सहज भएको छ । जिल्लाको अन्य सडक खण्डहरु धादिङबेसि धुवाकोट, कटुञ्जे सेम्जोङ, लपाङफेदि ,गुम्दी, दार्खा,लागायतका सडकहरुमा भने सडक मर्मत हुन बाँकि रहेको र स्थानिय निकायका प्रमुख तथा प्रतिनिधिहरुले यातायात सञ्चालनको लागि जानकारी नगराएका कारण सञ्चालन हुन नसकेको प्रजापतिले जानकारी दिनुभयो । धादिङबेसि सुनौलाबजार सडक खण्डमा भने यस अघिदेखिनै यातायात सञ्चालनमा रहेको छ । यस वर्ष वर्षा धेरै भएका कारण ग्रामिण क्षेत्रका अधिकांश सडकहरु धेरै बिग्रिएको छ । त्यस कारण मर्मतको लागि धेरै समय लाग्ने देखिन्छ, भने अर्काेतिर यात्रुहरुले पनि हैरानि बेहोर्नु पर्ने बाध्यता रहेको छ । दशैं र तिहारका लागि विदेश तथा स्वदेशमा रहेका मानिसहरु अब विस्तारै घर फर्कने क्रम सुरु हुने हुँदा पनि अव यातायातका साधनहरुमा यात्रुको चाप बढ्ने देखिन्छ । साथै समयमा नै यातायात सञ्चालन नभएमा चाड पर्वको लागि आवश्यक खाद्य्यान्न लागायतका सामाग्रीहरु ढुवानीको लागि पनि समस्या हुने देखिन्छ ।
उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]
उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]
हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]