नेपाल तामाङ बिद्यार्थि घेदुङ सिन्धुली बहुमुखि क्याम्पस इकाई कमिटीको अध्यक्षमा पुजा थिङ



Published Date:2020-03-07

Views: 1237

नेपाल तामाङ बिद्यार्थि घेदुङ सिन्धुली बहुमुखि क्याम्पस इकाई कमिटीको अध्यक्षमा पुजा थिङ सर्बसम्मत चयन हुनुभएको छ । आज भएको नेपाल तामाङ बिद्यार्थि घेदुङ सिन्धुली बहुमुखि क्याम्पस स्तरिय दोस्रो अधिबेसबाट अध्यक्षमा थिङ सहित ९ जनाको कार्यसमिती पुर्नगठन गरिएको हो । जस अन्र्तगत उपाध्यक्षमा आशिष तमाङ,सचिबमा बिक्रम थिङ,सहसचिबमा मुना लामा यस्तै कोषध्यक्षमा सुजिता तामाङ, सदस्यहरु ज्ञानराज मोक्तान,शुशिला लामा,निसा योनजन र मन्जु मोक्तान चयन हुनुभएको छ । नेपाल तामाङ बिद्यार्थि घेदुङ जिल्ला कार्य समिती सिन्धुलीका सचिब दिलु गोले को अध्यक्षतामा तथा नेपाल तामाङ बिद्यार्थि घेदुङका केन्द्रिय सदस्य सम्झना ब्लोन तामाङको प्रमुख आतिथ्यतामा भएको अधिबेसनमा सिन्धुली बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख भानुभक्त गुरुङ, नेपाल तामाङ बिद्यार्थि बागमति प्रदेसका अध्यक्ष अजय दोङ तामाङ,नेबि संघ सिन्धुली बहुमुखि क्याम्पसका प्रतिनिधि गोपाल पहाडि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्नुहूदै नबनिर्बाचित नेपाल तामाङ बिद्यार्थि घेदुङ सिन्धुली बहुमुखि क्याम्पस इकाई कमिटीका अध्यक्ष पुजा थिङले पहिले आफु परिबर्तन भएर आफनो कमिटि अगााडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । साथै उहाँले तामाङ बिद्यार्थि सधैँ पछि पर्नुको कारण पनि पहिचान गरेर समाभान गर्न प्रयास गर्न बताउनु भएको छ । यस्तै कार्यक्रममा बोल्नुहँदै आजका प्रमुख अतिथि तथा तामाङ बिद्यार्थि घेदुङका केन्द्रिय सदस्य सम्झना ब्लोनले किताबि ज्ञानले मात्रै मानिसको सर्बार्गिण बिकास नहुने बताउनु भएको छ । त्यसैले उहाँले बिद्यार्थिले आफ्नो ब्यक्तीत्व बिकासका लागि अन्य बिषयमा पनि अध्ययन गर्नु आबश्यक रहेको बताउनु भएको छ ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]