सिन्धुलीमा प्रहरीको सक्रियतामा लागुऔषध नियन्त्रण तथा समुदायमा कोरोनाभाइरस विरुद्ध बृहत् सचेतना



Published Date:2020-03-11

Views: 913

फागुन २८
हाम्रो सिन्धुली-सिन्धुलीमा नेपाल प्रहरीको वागमती प्रदेश प्रहरी कार्यालयको सक्रियतामा लागुऔषध नियन्त्रण तथा समुदायमा कोरोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्व समुदायमा स्वास्थ्य क्षेत्रमा आपतकालीन घोषणा भइसकेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यलय को समन्वय, जिल्ला प्रहरी कार्यालय सिन्धुली आयोजनामा यहाँ लागुऔषध नियन्त्रण तथा समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सम्पन्न गरिएको सिन्धुली प्रहरी प्रमुख रन्जु सिग्देल सिंहले जानकारी दिईन् ।जिल्ला सदरमुकाम कमलामाई नगरपालिकाको वडा नम्बर ६ मा आयोजित सचेतना कार्यक्रममा डेढ सय बढी स्थानिय तथा विद्यार्थीहरु लाभान्वित भएका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तर्गत वागमती प्रदेश भरिका विभिन्न जिल्लाका नागरीकलाई यसप्रति सचेत बनाउन सचेतना कार्यक्रमको आयोजना गरेको वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख एसएसपी किशोरकुमार दाहालले जानकारी दिए ।

कोरोना विरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वागमती प्रदेशलाई यसको प्रकोप आउन भन्दा पहिला नै जेगाउन र जिल्ला जिल्लामा सचेतना फैलाउन अभियान नै चलाएका हौँ’, निमिक्त प्रमुख एसएसपी दाहालले भने ।
कार्यक्रममा बोल्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समुदायलाई प्रहरी साथी हो भन्ने भाव जगाउन यस्ता कार्यक्रम जिवनउपयोगी हुने बताए । सो अवसरमा बोल्दै सिन्धुली प्रहरी प्रमुख सिंहले जिल्लालाई पूर्ण रुपमा शान्तिसुरक्षा कायम गर्न जनतालाई विपद्का समयमा जागरुप गराउने अभियान जारी नै रहेको बताईन् ।
कार्यक्रममा सिन्धुली अस्पतालका प्रमुख डा.रविन गोसाई र वागमती प्रदेशका निमित्त प्रमुख दाहालले सचेतना प्रस्तुती दिएका थिए ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]