Published Date:2020-04-23
Views: 2334
हाम्रो सिन्धुली, ११ बैशाख – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले काठमाण्डौमा बस्दै आएको गालोन्जोरका नागरीकलाई गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीको नेतृत्वमा उद्धार गरेको छ ।
बिश्वभर कोरोना भाईरस फैलिरहेको बेला नेपाल सरकारले नेपालमा कोरोना भाईरस न्युनिकरणको लागि भन्दै चैत्र ११ गते देखी लक डाउन गरेको छ । काठमाण्डौमा दैनिक ज्यालादारी गरीखाने, बिद्यार्थी लगाएत अन्य गोलन्जोरको नागरीकलाई लकडाउनको कारण काठमाण्डौमा बस्न समस्या हुन थाले पछि गाउापालिकाले करिव सात सय नागरीकलाई उद्धार गरीएको गाउपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले जानकारी दिनुभायो ।
काठमाण्डौमा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु दुई तिन दिन लगाएर पैदललै हिडेर गन्तव्य सम्म पुग्न थाले पछि गोलन्जोर गाउपालिकाले लक डाउन यता पैदल यात्रिहरुको उद्धार गर्दै आएको थियो ।
पालिका बासिको बिजोकलाई हेर्न नसकेर उद्धारको लागि हिजो पाँच वटा बस लिएर आफै काठमाण्डौ गएको अध्यक्ष कार्कीले बताउनु भयो ।
दैनिक ज्यालादारीे, बिद्यार्थी लगाएत अन्य गोलन्जोरका समस्यामा परेको र उद्धारको लागि भन्दै सम्र्पकमा रहेको काठमाण्डौमा बस्दै आएको सम्पुर्ण गोलन्जोर बासिको उद्धार भईसकेको उहाले बताउनु भयो । गोलन्जोरको एउटा नागरीकले दुख पाउनु भनेको गाउपालिकाले दुख पाउनु भएकोले छुटपुट भएको केहि ब्यक्तिहरु सम्पर्कमा आएकोले उनिहरुको पनि तत्काललै उद्धार गर्ने उहाले बताउनु भयोे ।
उद्धारको लागि खुर्कोटको प्याराडाईज बोर्डिङ र जनजोजि माध्यामिक बिद्यालयले बसको व्यबस्था गरेको र बाकी सम्र्पुण खर्च गाउपालिकाले गरेको बताउनु भयो ।
उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]
उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]
हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]