Published Date:2020-04-23
Views: 1811
हाम्रो सिन्धुली, ११ बैशाख – तिनपाटन गाउँपालिकाले काठमाण्डौमा दैनिक ज्यालादारी गर्ने मजदुर, बिध्यार्थी लगाएत अन्य नागरीकको उद्धार गरीएको छ ।
बुधबार र बिहिबार १० ओटा बसबाट ६५८ जना तीनपाटनवासी लाई गाउँपालिका उपाध्यक्ष पदम माया तामाङ आफै काठमाण्डौ गएर उद्धार गरेको हो ।
काठमान्डौंमा दैनिक ज्यालादारी गर्ने मजदुर,बिध्यार्थी लगायतका पालिकावासी मानिसलाई गाउँपालिका र स्थानिय प्रशासनको सहयोगमा ल्याईएको हो।
आफ्ना पालिकावासी अलपत्र नागरिक लिन मंगलबार राति नै गाउँपालिकाकि उपाध्यक्ष पदममाया तमांग,वडा नम्बर १का वडा अध्यक्ष गोबिन्द राऊत लाई लिएर काठमान्डौं पुगेकि थिईन्।
मंगलबार पठाईएका बसले मात्र नपुग्ने भएपछि बुधवार थप ५वटा बस मगाई बिहानै देखि जम्मा भएका आफ्ना पालिकावासी नागरीकहरुलाई साँझ वडा अध्यक्षहरू गोबिन्द राउत र पुन्यहरि भूजेलको सहयोगमा ऊद्दार गरि ल्याएको उपाध्यक्ष तामाङले बताईन ।
यता वडा नम्बर तिनको जिर्गाहा नाका झार्लंङटारमा गाउपालिका द्वारा स्थापित हेल्थ डेस्कमा भित्रिएका सबै नागरिकको अभिलेख ,चेकजाँच र ज्वरों मापन गरिएको थियो।
बिहान आईपुगेका पालिकावासीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष कर्ण थापा,नेकपा तीनपाटन पार्टी कमिटी अध्यक्ष छत्र दाहाल, गाउपालिका प्रवक्ता एवं ५नम्बर वडा अध्यक्ष दिनेश रमौली, तिन नम्बर वडा अध्यक्ष लाल बहादुर स्यांङतान झार्लंगटार पुगेका थिए।
बसमा सवार सबै नागरिकलाई घरमै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरीएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा बताउनु भयो ।
उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]
उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]
हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]