मेरो बालापन …



Published Date:2020-05-31

Views: 1302

जि बि श्रेष्ठ , १८ जेष्ठ – म सानो हुँदा कस्तो थिए त्यति धेरै याद नभए पनि याद भएका कुराहरुले बेला बखत मलाई सम्झाई रहन्छ । नसम्झाओस् कसरी म कस्तो अच्चम अच्चम खालको मान्छे थिए । मेरो इच्छा, चाहान ,रुचि अलि फरक थियो । फरक भनिरहँदा कति साथिहरु संग मेरो ब्यवहार मिल्न जाला । गोठमा दाउरा क्रमैसंग मिलाएर राखेको हुन्थ्यो । त्यतिबेला न त ग्याँस थियो । जंगलबाट ममि, दिदिहरुले दाउरा घरमा ल्याएर गोठमा क्या मज्जाले क्रम मिलाएर राख्नुहुन्थ्यो । म त्यो दाउरा राखेको ठाउँमा मेल बनाउँथे अनि मेल चलाउँथे । मेरो गाउँमा राजन दाईको धान, मकै कुट्ने मेल थियो । त्यतिबेलाको मेल भनेको अहिले जस्तो विद्युतबाट चल्ने हैन , हेन्डील घुमायर स्टाट गर्नु पथ्यो । म त्यो मेलमा गरिने सबै क्रियाकलाप हेर रहन्थे अनि घरमा आएर दाउराको चाङमा मेल बनाएर चलाउँथे । साँच्ची कै को मेलमा टुक, टुक गर्ने आवाज आउँथ्यो । मैले बनाको मेलको आवाज म मुखबाट निकाल्थे । मेरो मेलमा फित्ता खरको दोरीको बनाउँथे । मेरो आमाले गुन्द्री बुन्न भनेर खरको दोरी बाटेर बुईकलमा राख्ने गर्नु हुन्थ्यो । म आमाले थाहा नपाउने गरि दोरो झिकेर मेलको फित्ता बनाउँथे र मज्जाले मेल चलाउँथे । यो सब देखेर मलाई वरिपरिका छिमेकीले यो त ठुलो भएसी मेल पो चलाउँछ क्यारे भन्थे । अलि पर द्धारीका अङकलको चिउरा कुट्ने मेल थियो । मेल चलाउने वित्तिकै म मेलमा पुग्थे । द्धारीका अङकलले मैले लगाएको भेष्टमा चिउरा खा भनेर हाल्दीनुहुन्थ्यो । तात तातो चिउरा खाँदाको मज्जा बेग्लै हुन्थ्यो ।
यो मात्र हैन अरु नि म के के गर्थे के के म काठको गाडि बनाएर खुब गुडाउँथे । अहिले बजारमा किन्न पाईने जस्तो गाडि त्यतिबेला कता बाट पाउँनु । घर बनाको ठाउँमा गएर कोराको सानो सानो टुक्रा चोरेर ल्याएर छिनोले खोपेर गाडि बनाउँथे । गाडिले चाहिने पाङग्रा चप्पल काटेर बनाउँथे । त्यतिबेला पाएल चप्पल खुब चलेको थियो । हामी साथिहरु कस्को गाडि राम्रो भनेर खुब प्रतिस्पर्धा गथ्र्यौ कहिले काहिँ त गाडिको निहुले कुस्ती नि खेल्थ्यौँ । अहिलेको केटा केटिले बजारबाट कति राम्रा राम्रा गाडि किनेर खेलेको देख्दा मलाई त्यति बेला कोराको टुक्रालाई छिनोले खोपेर चप्पल काटेर पाङग्रा बनाएर गुडाको गाडिको खुब याद आउँछ । त्यति सजिलो थिएन त्यसरी गाडि बनाउन । ट्क्याक्टर आउँदा के के न आको जसरी गाउँका मान्छे सबै उर्लिएर आउँथे ट्क्याक्टर हेर्न । म ट्क्याटर पछि पछि खुब दौडन्थे चड्न भनेर । तर सकिन्न थ्यो । अहिलेको जस्तो हैन त्यति बेलाको ट्क्याटर ठुला ठुला हुन्थे । जो सक्यो ट्क्टर चड्न उसले प्लेन चडेको बराबर सम्झन्थे ।
मेरो गाउँमा काका, दाजुहरुले खुब खेल्नुहुँन्थ्यो भलिबल । मेरो गाउँलाई भलिबल खेल्न जान्ने मान्छे बस्ने गाउँ भनेर चिन्थे । बेला बेला वल्लो गाउँ पल्लो गाउँको भलिबल खेल हुँन्थ्यो । म खुब हेर्थे भलिबल खेलेको । अरुले सट हानेको देख्दा म नि ठोलो भएसी यसरी नै बल खेल्छु अनि मलाई नि सबले माया गर्छ, मेरो नाम लिएर तालि बजाउँछ, यि यस्तै कुराहरु मनमा लिएर बस्थेँ । अरुले खेलेको बल कहिले काहि अलि पर सम्म पुग्थ्यो । म दौडिएर त्यो बल समाएर लिएर आउँथे । त्यति बल समाउन पाउँदा म आफुलाई महान सम्झन्थेँ । कहिले काहि बल कसले समाउने भनेर दौडिदा साथिभाई विच बल खोसार खोस पनि हुँन्थ्यो । हामी साना भारा भुरे बाँझो खेतमा दुईपटि बाँस गाडेर पोल बनाउथ्यौँ । खरको दोरी टाँगेर नेट बनाउँथ्यौँ अनि मुजाको बल बनाएर खेल्थ्यौँ । बल खेल्दा सटर कस्ले हान्ने भनेर भना भन हुन्थ्यो ।
मलाई सुगा, रुप्पी पाल्न खुब रहर लाग्ने । अरुको घरमा पिन्जडा भित्र सुगा पाल्दा मलाई नि खुब रहर लाग्ने । हामी साथिभाई सुगाको गुँड कहाँ छ भनेर खोज्दै हिड्थ्यौँ । गुँड भेटेसी सुगाले बच्चा नकाटे सम्म बेला बेला निगरानि गरिरहन्थ्यौँ । सुगाले बच्चा निकाल्नु कहिले कहिले हामी साथीभाई तँलाई एउटा बच्चा मलाई एउटा भनेर पहिले नै भाक लगाउँथ्यौँ । विहान स्कुल गएर घर नफर्की सिधै साथीको गाउँमा सुगाको बच्चा लिन गएर एक्कै चोटि सुगा नलिई घर फर्किएको दिन अझै सम्झन्छु । त्यति बेला मेरो साथिले मलाई नराम्रो संग धोका दियो ।
ति साथिभाई अहिले कोहि कता छन् त कोहि कता, त्यतिबेलाको साथि पो साथि , एक छिनमा झगडा गर्ने फेरी त्यहि साथि नभई नहुने । कहिले आउँछ घुमेर बाल पनको उमेर । आहा…… त्यो बालापन ।।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]