पत्रकारको सुरक्षाको लागि राज्य स्तरबाटै केही व्यवस्था भए राम्रो



Published Date:2020-06-11

Views: 1042

उर्मिला भट्टराई /दिपिन ढुंगानार, २९ जेष्ठ – जब कोरोना भाइरस चिनको वुहान प्रान्तमा देखियो भनेर अन्तराष्ट्रिय समाचार संस्थाहरुबाट समाचार आयो, त्यति बेला मेरो मनमा अलिकति पनि डर, त्रास थिएन । कोरोना भाइरस जब चिनको वुहान बाट बिस्तारै अन्य प्रान्तमा र अन्य देशमा पनि फैलिन थाल्यो तब बिस्तारै मनमा के होला यो रोग भन्ने लाग्न थाल्थो । नेपालमा आइ हाल्यो भने के गर्ने ? कस्ता ब्यक्तिलाइ छिटो सक्रमण हुने हो ? कतै आफैमा यो रोगको सक्रमण हुने त होइन ? भन्ने चिन्ता लाग्न थाल्यो । यद्यपि कोरोनाको कारण आफ्नो व्यवहारमा खासै परिबर्तन गरिएन । कोरोना कै बिषयमा विश्वको कुरा गर्न रुचाइन । विश्वभरि महामारिको रुपमा फैलिरहेको कोभिड– १९ का बारेमा अब त तपाइले पनि धरै कुरा थाहा पाइसक्नु भयो । सर्तकता पनि अपनाउनु भएको होला भन्ने आशा र विश्वास छ ।

कोभिड १९ हाल विभिन्न देशहरूमा फैलिरहेको छ । नेपालमा पनि कोरोना भाइरस फैलिसकेको छ । नेपालमा ४ हजार भन्दा बढि सक्रमित भएका छन् । दुखको कुरा भनौे कोरोना भाइरस कै कारण दर्जन भन्दा बढिले ज्यानले गुमाई सकेका छन् ।

कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारले ०७६ चैत्र ११ गते बाट देश लकडाउन जारी ग¥यो । शहरहरु बन्द छन् । विद्यायल, होटेल, तालिम हल सबै बन्द छ । अस्पतालहरु विरामीले भरिएका छन् । मानिसहरुको दैनिकी फेरिएको छ । तर नेपालका अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु भने यो समयमा झन् व्यस्त छन् । अतः ती सेवा प्रदायकहरुको जीवन भने जोखिममा छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाई कर्मचारी, सञ्चार, विद्युत, खानेपानी लगाएतका अत्यावश्यक सेवामा काम गर्नेको लागि त्यो अवसर खुला छैन । यो अवस्थामा सावधानीका उपाय अधिकतम प्रयोग गर्दै काममा जानुको विकल्प पनि छैन र त्यस्ता व्यक्तिलाई संक्रमणको उच्च जोखिम पनि छ ।
फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चार क्षेत्र यतिबेला सङ्क्रमणमा परिसकेका छन् । रोग लागोस भन्ने कसैको चाहना हुदैन र आफ्नो परिवार र समुदायलाई जोखिममा पार्न मन कसैलाई हुदैन तथापी कामका शिलशिलामा घर बाहिर निस्कनुपर्ने बाध्यताका बाबजुद आफै सङ्क्रमित हुने अवस्था आएको छ । कतिपय सङ्क्रमित पत्रकारको अनुभव सुन्ने हो भने उहाँहरु सावधानी अपनाउँदा अपनाउँदै पनि सङ्क्रमित हुनुभएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि अवस्था त्यहि देखिएको छ ।
घर र कार्यालयमा रहदा रहदै पनि सङक्रमण हुनुले हामी घरभित्र पनि सुरक्षित छैनौं भन्ने संकेत पनि देखिएको छ । जनसम्पर्कका हिसाबले सञ्चारकर्मीहरुलाइ अत्यधिक सम्पर्कमा रहनुपर्ने बाध्यता हुन्छ । त्यसमा पनि नेतृत्वमा रहने पत्रकारले अरुको लागि पनि काम गर्नुपर्ने हुदा आफै जोखिममा परिरहेका छन् ।
फिल्डमा जानै पर्ने बाध्यता भएका घरका सदस्यको चिन्तामा धेरैका परिवारका सदस्यहरु छन् । जति हाम्रो चिन्ता हामो घरपरिवार अनि आफन्तमा छ । राज्यको सुरक्षा अंगसँगै राज्यले नै मानेको चौथो अंग भएर काम गरिरहेका पत्रकार र तीनका परिवारमा परेको असर भोगेकाहरुलाई बाहेक कमैलाई मात्र अनुभव होला यो विषयमा ।
हरेक दिन घरबाट फिल्डमा निस्कनुपर्छ । बिहान रेडियो स्टेसनका लागि निस्कनु अघि आमा सधैं चिन्ता व्यक्त गर्नुहुन्छ । आमा मात्रै होइन परिवारका सबै सदस्यको चिन्ता हुन्छ नै । आमाले प्रत्येक दिन भन्नुहुन्छ, ‘सुरक्षित भएर हिड है नजाओ भन्दा मान्दैनौ ।’
बेलुका घरमा बसेर आफैले पढेको कोेरोनाका सङ्क्रमित बढेको समाचार सुनेपछि परिवारका सदस्यको प्रतिक्रिया हुन्छ, अब कुन दिन आफैलाइ कोरोना लाग्ने हो । काम सकेर घर पुग्दा पनि आमा सहित परिवारका सदस्यको चिन्ता एउटै हुन्छ । यी सबै कुरा साँझ घरमा गर्दा आफ्नो पनि फेरी एक पटक मन झस्किन्छ । र फेरि मन बुझाउनु त छदैछ । हामि भन्दा पनि वढी जोखिम मोलेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी फ्रन्टलाइनमा खटेका छन् । हामी सबै उस्तै त हो नि ।
दिनभरको रिपोटिङपछि घर फर्किदा बाटोमा भेटिएकाहरु भन्छन् ः “उ पत्रकार जी आउनुभयो, दिनभरि डुलेर हिड्नुहुन्छ कोरोना सारेर पो ल्याउनुभयो कि ” हामीलाइ पनि मन हुन्छ र ? कोरोना सार्नलाइ ? मानिसहरु बुझ्दैनन् । नबुझेको देखेर नरमाइलो लाग्छ । आखिर हामीहरु समुदायलाइ नै जानकारी र सूचना दिनलाइ नै खटिका हौ । पत्रकारिता पेशा यस्तो रहेछ, जस्तो सुकै समस्या र असजिलो समयमा पनि रिपोर्टिङ गर्न र का मगर्न छोड्न नमिल्ने ।
हुन त वरपर छिमेकीका मानिसको चिन्ता पनि जायजै हो । तर पनि हाँसेर भन्नै पर्छ । पत्रकारिता हाम्रो पेशा हो, काम त गर्नैपर्छ, शंङ्का लाग्छ भने दुरी कायम गरेर बसौन । नजिक नआउनोस है ।
घरमा त सुरक्षाका विषयमा हामी सबै जिम्मेवार नै छौं । प्रश्न उठ्छ, ‘राज्यले के गर्दै छ फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावस्यक सेवाका कर्मचारी र पत्रकारका लागि ?’
पत्रकार भन्दा जोखिमका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका परिवारमा हामि पत्रकारका घरमा भन्दा वढी छटपटी होला । यो जटिल परिस्थितिमा घरमा सूसुचित हुन पाउने जनताको अधिकारलाई आफ्नो कर्तव्य सम्झिने पत्रकारको र उसको परिवारको चिन्ता कसले लिने ?
कहिले समाचारको विषय त कहिले समाचार बनेर छापिएर आएका विषयका कारण सृजना हुने अवस्थाको चुनौती पनि पत्रकारकै काँधमा कहिलेसम्म ? यस्ता प्रश्न सधै आउने गर्छन ।
तर पनि आफूलाई भुलाउनै पर्छ । पत्रकारिताको धर्म सम्झेर । सहज बेला त सबैले काम गर्छन, असहज अवस्थामा नै हो जनतालाई सूचना चाहिने । त्यहि संझेर काम गर्नु त छदै छ ।
जटिल समयमा पनि आफ्नो घर परिवार नभनी ज्यानको बाजी थापेर काम गर्ने र कर्तव्य बुझेर अगाडि बढ्ने पत्रकारिता पेशा अन्य पेशा भन्दा कम सम्मानित पेशा हुँदै होइन । तर हिजो आज पत्रकारितका नाममा जनतालाई भ्रममा पार्ने र गलत कुरालाइ फैलाउनेहरुको जमात पनि कम छैनन् । यस्तो समयमा झन् आफ्जो जिम्मेवारी बढेको जस्तो अनुभव हुने रहेछ ।
यस्तो समयमा पनि आफ्नो कर्तव्यलाई बुझेर सत्य तथ्य समाचार दिएर अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई संझेर भोलिका दिनमा सबैले गर्व गर्न सकुन् भन्ने लाग्छ । तर यसका लागि पत्रकारको हक हितमा काम गर्ने संघ सस्था र पत्रकार महासंघले पनि पहल गर्नुपर्ने भने देखिन्छ ।
यो समयमा काम गर्ने स्वास्थ्यकर्मिको लागि सरकारले प्रोत्साहन भत्ता देखि सुरक्षा सामग्री सम्म उपलब्ध गराइरहेको छ । पत्रकार पनि अग्रपक्तिमा नै बसेर काम गरिरहेका छन् । पत्रकारहरुका लागि पनि सोही बराबरको व्यवस्था हुनुपर्छ भन्ने होइन । तर सुरक्षाको सामग्री देखि स्वास्थ्य बीमा गराउन सके पत्रकारहरुलाइ समस्या परेमा पनि सजिलो हुन्छ । धेरै पत्रकारहरुको अझै पनि बीमा भएको छैन । यसैपनि पत्रकारहरुको लागि आकर्षक तलब हुँदैन । यदि कोरोना भइहालेमा सरकारले निशूल्क उपचार गर्ने त भनेको छ । त्यसबाहेक पत्रकारका लागि पनि केही सम्बोधन भने हुनुपर्ने हो । बिपदको समयमा जोखिम मोलेर काम गर्ने पत्रकारहरुको लागि राज्य स्तरबाटै केही व्यवस्था भइदिएमा पत्रकारहरुको मनोबल बढ्ने छ । यसले जिम्मेवार पत्रकारिता गर्नमा पनि सघाउ पुग्ने थियो ।
अझै पनि ढिलो भएको छैन, सरकारबाट त्यस्तो निर्णय आओस भन्ने अपेक्षा छ, जसले हामी जस्तै पत्रकार र पत्रकारको परिवारलाई संकटको घडीमा पनि आत्मबल प्रदान गर्न सकोस् ।

CINखबरबाट साभार

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]