नन्दलाल श्रेष्ठ ‘भाबुक’ द्धारा लिखित नयन गजल सङ्ग्रह बिमोचन



Published Date:2020-07-25

Views: 811

हाम्रो सिन्धुली, १० श्रावण – नन्दलाल श्रेष्ठ ‘भाबुक’ द्धारा लिखित नयन गजल सङ्ग्रहको शनिबार सिन्धुलीमाढीमा बिमोचन गरिएको छ । उमानाथशास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानले शनिबार एक औपचारिक कार्यक्रमका बिच नयन गजल सङ्ग्रहको बिमोचन गरेकोे हो । शनिबार रेडियो सिन्धुलीगढीबाट हरेक हप्ताको शनिबार प्रसारण हुने श्रष्ट्रा र सिन्धुली कार्यक्रम एक बर्ष पुरा भएको अबसरमा प्रदेश सांसद बिनोद खड्का को प्रमुख आतिथ्यतामा उक्त गजल संग्रहको बिमोचन गरिएको हो ।
नन्दलाल श्रेष्ठ ‘भाबुक’ द्धारा लिखित नयन गजल सङ्ग्रह सिन्धुली वाङ्मय प्रबिष्ठान बाट प्रकासित गजल संग्रह हो । उक्त गजल संग्रहको प्रगतिशिल लेखक संघका अध्यक्ष टंकध्वज थापाले समिक्षात्मक टिप्पणि गर्नुभएको थियो । गजल संग्रहको बिमोचनका क्रममा समाजमा भएका बिकृति बिसंगतिलाई साहित्यको माध्यम द्धारा समाज बिकासको गर्नका लागि श्रष्ट्रालाई आग्रह समेत गर्नुभएको छ ।
साथै उहाँले साहित्यको क्षेत्रको बिकासका लागि सदैब सहयोग गर्नका लागि तत्पर रहने बताउनु भयो । रेडियो सिन्धुलीगढीबाट श्रष्ट्रा र सिन्धुली प्रत्येक शनिबार बिहान ११ बजे देखि १२ बजे सम्म सिन्धुलीका साहित्यकारबाट प्रसारण हुने गरेको छ । साहित्य क्षेत्रबाटै नेपालि समाजमा भएका बिसंगति,रुढिबादि परम्परा,महिला हिंसा,राजनिती जस्ता नेपालि समाजमा जरो गाडेर बसेका समस्याहरुको समाधानका लागि जुटिरहेको श्रष्ट्राहरुको भनाई रहेको छ । कार्यक्रममा उमानाथ शास्त्रि सिन्धुलीय प्रतिष्ठानका अध्यक्ष प्रोज्ज्वल सिन्धुलीय, रेडियो सिनधुलीगढीका अधयक्ष कृष्णहरि घिमिरे ,साहित्यकार अर्जुन पौडेल,सिद्धेश्वर खानेपानिका अध्यक्ष महेन्द्रदेब श्रेष्ठ, उमानाथ शास्त्रि सिन्धुलीय प्रतिष्ठानका सचिब केदार प्रसाद देबकोटा,धनमाया राई, नेकपा जिल्ला कार्य समिती साहित्य बिभाग प्रमुख हरि अधिकारि श्रष्ट्रा बाबुराम फुयाल,दुर्गादेबि ढकाल, लगायतको उपस्थिती रहेको थियो ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]