आर्थिक प्रलोभनमा पर्ने सिन्धुलीका ५ जना प्रहरीलाई निलम्बन



Published Date:2020-08-11

Views: 688

अन्जन राना , २७ श्रावण  – आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने सिन्धुलीको ५ र काभ्रेको १ जना प्रहरी कर्मचारीहरुलाई आज निलम्बन गरीएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई यहि श्रवण २१ गते बुधबार नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका कार्यरत १ जना गरी ६ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको हो । निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रह राजकुमार श्रेष्ठ, प्रह डोर बहादुर कार्की, प्रज कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नबिन बहादुर थापालाई निलम्बन गरीएको हो । निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार,प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए ।
निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको छ । सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित ११ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन भने डियुटीमा ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेका छन ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]