प्रहरीलाई घुस दिन खोज्नेलाई कारबाहीमा ल्याउने सिन्धुलीको प्रहरी पुरस्कृत



Published Date:2020-08-11

Views: 1495

हाम्रो सिन्धुली, २७ श्रवण  – डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने सिन्धुलीका १ जना प्रहरी कर्मचारीहरुलाई मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओम नारायण महतो रहेका छन । आर्थिक प्रलोभनमा नपरी आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको हो । डियुटीमा बसेका प्रहरीलाई बिलबुक भित्र तिन सय रुपैया राखी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि घुस वापतको रकम र बलेरो गाडी चालक समेतलाई नियन्त्रणमा लिई कार्बाहीको लागि बुझाएका प्रहरी हबल्दारलाई पुरस्कृत गीएको हो । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने बोलेरो चालकलाई नियमानुसार जरिवाना गरीएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसंगै प्रहरी कर्मचारीहरुबाट सम्पादन हुने कार्यमा पार्दर्शीता र इमान्दारीता देखिन थालेको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले कार्यभार सम्हाले पछि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गर्न शुरुवात गरीएकाले त्यसको सकारात्मक प्रभावका कारण मातहत प्रहरी कर्मचारीहरु वीच इमान्दारीता पुर्वक कार्य सम्पादन गर्न प्रतिस्पर्धाको वातावरण सृजना भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनु भयो ।
प्रदेश प्रहरी कार्यालय र मातहत कार्यालय समेतले गरी आज सम्म २५ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ आर्थिक प्रलोभनमा परी आप्नो जिम्मेवारी पुरा नगर्ने एक जना प्रहरी निरीक्षक सहित ११ जान प्रहरी कर्मचारीलाई निलम्बन गरीसकिएको छ

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]