सिन्धुलिको छोरो प्रसुन सर्वोकृष्ट लेखक तथा निर्देषक



Published Date:2020-09-11

Views: 1425

हाम्रो सिन्धुली, २६ भाद्र – सिन्धुली पुर्ख्यौली घर भई हाल काठमाण्डौमा फिल्म क्षेत्रमा लागिपरेका प्रसुन सिन्धुलीय एक लेखक, निर्देशक, र चलचित्रकर्मी हुन् । जसमा प्रसुन सिन्धुलीयद्वारा निर्देशित चलचित्र “देशलाई छुने पाइला“ सर्वोत्कृष्ट भएको छ । उनी र उनको टिमले विभिन्न कविका कविताका उत्कृष्ट कलात्मक भिडियोहरु बनाउँदै आएको छ ।
नेपाली सेनाले २०६७ सालदेखि गर्दैआएको “लघु चलचित्र प्रतियोगिताको“ २०७६ सालको संस्करणको नतिजा प्रकाशित भएको छ । जसमा प्रसुन सिन्धुलीयद्वारा निर्देशित चलचित्र “देशलाई छुने पाइला“ सर्वोत्कृष्ट भएको हो ।
बन्दाबन्दीले तोकिएको मितिभन्दा करिब छ महिना पछाडि धकेलिदिएको समापन र पुरस्कार वितरण समारोह २६ गते शुक्रबार जंगी अड्डा, सुन्धाराको भव्य हलमा उत्कृष्ट दस चलचित्रको प्रोजेक्शन सहित गरिएको थियो । समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासहित निर्णायकहरु र सहभागी अन्य उत्कृष्ट दस चलचित्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उकत लघु चलचित्र प्रतियोगितामा ३८ वटा चलचित्र सहभागी भएका थिए । उत्कृष्ट दस स्क्रिप्टलाई जनही ३५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो ।
प्रतियोगितामा सर्वोत्कृष्ट भएसँगै प्रसुन सिन्धुलीयको टिमले उत्कृष्ट स्क्रिप्टको नगदसहित नगद दुई लाख पैँतिस हजार र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने पुरुषोत्तम बस्नेतको ’रगत’ र तृतीय हुने वसन्त शर्मा अधिकारीको ’लक्ष्य’ ले क्रमश १,५०००० र १,००००० नगद पुरस्कार पाएका थिए । जङ्गी अड्डाले एक विज्ञप्ति जारी गर्दै नतिजाको विवरण सार्वजनिक गरेको छ ।
पुरस्कार पाएपछि हौसिएका चलचित्र निर्देशक प्रसुन सिन्धुलीयले “बन्दाबन्दीले थिलथिलो बनाइदिएको मस्तिष्कलाई पुरस्कारले मलजल गरिदिएको“ अभिव्यक्ति दिए । “यो मेरो मात्र जित हैन, हामङरो समूहकै जित हो, सबै सिनियर र साथीहरूको सहयोगले यो सम्भव भएको हो“ उनले थपे ।
सर्वोत्कृष्ट पुरस्कृत भएको फिल्म “देशलाई छुने पाइला“ मा रङ्गकर्मीहरूको वर्चश्व थियो । सिनियर रङ्गकर्मी टंक चौलागाईँ, इङ्गी होपो कोइँच सुनुवार,सबिर चुरौटे, सुचित्रा उप्रेती, हीरा महर्जन र लिजा मोतेको अभिनय रहेको थियो । कथा, पटकथा, निर्देशन प्रसुन सिन्धुलीयकै रहेको थियो भने प्रकेश सिन्धुलीयले सम्पादनमा साथ दिएका थिए ।

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]