सिन्धुली जिल्लामा धान उत्पादन घट्ने



Published Date:2020-10-11

Views: 819

लोकेन्द्र बोगटी २५ असोज – जिल्लामा गबारो किराको संक्रमणले धान उत्पादन घट्ने भएको छ । पसाउन लागेको धानमा गबारो, सेते डढुवा, कालोपोके, खैरो फड्के किराको संक्रमणले उत्पादनमा कमि आउने भएको हो । जिल्लाको मरिन गाउँपालिकामा २५ सय हेक्टरमा लगाइएको धान खेतिमा करिब २२ सय हेक्टर बालिमा गबारो किराले धानको बाला सुक्केको मरिण गाउँपालिकाका कृषि प्राबिधिक सबिता थापाले बताईन । उनको अनुसार यो वर्ष करिव ३० प्रतिशत धान उत्पादनमा कमि आउने छ ।
यस्तै दुधौली नगरपालिकामा धानमा राते र डाठ काट्ने किराको समस्या देखिएको छ । नगरपालिकामा २० प्रतिशतले धान उत्पादन घट्ने नगरपालिकाका कृषि शाखाका प्रमुख राजामाम श्रेष्ठले बताए । नगरपालिकाको वडा नं ३ र ४ मा उक्त किराको समस्या धेरै रहेकाले आफै स्थलगत अनुगमन गई विषादि प्रयोग गरेको उनले बताए ।
जिल्लाको कमलामाई नगरपालिकामा पनि गबारो किराको संक्रमण देखिएको छ । नगरपालिका भित्र करिव १५ प्रतिशतले धान उत्पादनमा कमि आउने कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवि प्रसाद सापकोटाले जानकारी दिए । नगरपालिका भित्र उक्त किराको संक्रमण फैलिन नदिन विषाद प्रयोग गरिरहेको उनले बताए ।
यस्तै हरिहरपुगढी गाउँपालिकामा पनि धानमा उक्त किराको समस्या देखा परेको छ । गाउँपालिकाको २, ३, ४, ६, ७ र ८ नम्बर वडामा गबरा किरा लागेर पसाएको धानको बाला सुक्न लागेको कृषि प्राबिधिक सुजन भट्टराईले बताए । गाउँपालिका भित्र पहिलेको तुलनामा धान उत्पादनमा कमि आउने उनले बताए ।
जिल्लामा वार्षिक ४६ हजार ३ सय ५१ मेट्रिकटन धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले जानकारी दिए । प्रती हेक्टर ३.१३ मेट्रिकटन उत्पादन क्षमता रहेको अधिकारीले बताए । “धानमा रोगको संक्रमणका कारण धान कति उत्पादन हुन्छ भन्ने एकिन गर्न सकिएको छैन ।” उनले भने “धानमा धेरै प्रकारका रोग लागेका कारण उत्पादनमा कति घट्बढ हुन्छ भनी बाली नभित्राई एकिन गर्न सकिन्न ।” रोग नियन्त्रणका लागि कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहहरुले स्थलगत अनुगमन गरि आवश्यक प्राबिधिक सहयोग गरिएको प्रमुख अधिकारीले बताए । गत वर्ष फौजि किराले उत्पादन घटेको थियोे भने यसपटक गबारो, सेते डढुवा, कालोपोके, खैरो फड्के किरा आदिको संक्रमणले धान उत्पादन कमि हुने प्रमुख अधिकारीले बताए । जिल्लामा उक्त किराको समस्या सबै भन्दा बढी कमलामाई नगरपालिका, दुधौली नगरपालिका र मरिण गाउँपालिका देखिएको प्रमुख अधिकारीले बताए । जिल्लामा कुल ६२ हजार ७ सय १३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमा १४ हजार ७ सय ६४ हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्र सिन्धुलीको तथ्याङकमा छ ।

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]