सुनौलो बिहानी कृषि तथा उद्यमशिल सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा क.न.पा १२ शिक्रेमा सम्पन्न



Published Date:2020-11-06

Views: 411

हाम्रो सिन्धुली, २१ कार्तिक – सुनौलो बिहानी कृषि तथा उद्यमशिल सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कमलामाई नगरपालिका १२ को शिक्रेमा भएको साधारण सभा उक्त संस्थाका उपाध्यक्ष गिता कुमारी बस्नेतको अध्यक्षता तथा कमलामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाको २०७६,७७ को आय व्यय कोषाध्यक्ष छत्रमाया मगरले प्रस्तुत गर्नुभएको थियो । संस्थाको २०७६,७७ मा ४ लाख १६ हजार ५ सय ४७ आम्दानि भएको थियो भने व्यय ३ लाख ६० हजार ९ सय ८४ रुपैया भएको थियो । संस्थालाई ५५ हजार ५ सय ६३ रुपैया यस बर्ष नाफा भएको संस्थाका कोषाध्यक्ष छत्रमाया मगरले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख खड्ग बहादुर खत्रिले सहकारीको भवन निमार्ण गर्न स्टमेट अनुसार आबश्यक सहयोग गर्ने बताउनु भयो । साथमा आफ्नो जग्गा वाँजो राख्ने अनि वेरोजगार भयो भन्ने प्रवृद्धी सबैले हटाउनु पर्ने पनि बताउनु भयो ।
कार्यक्रममा सहकारीलाई १५ धुर जग्गा दान गर्नुहुने टिका कुमारि बराल, उत्कृष्ठ उद्यमिहरु सरिता खड्का र चन्द्र कुमारि श्रेष्ठ, असल ऋणि तिर्थ कुमारि बिश्वकर्मा, असल बचतकर्ता गिता कुमारि बस्नेत र अधिक शेरधनि मेनुका कार्किलाई सम्मान पत्र सहित दो सल्लाले सम्मान गरिएको थियो ।
त्यस्तै गुण कुमारी आले मगरको संयोजत्वमा ९ जनाको संचालक समिति गठन गरीएको छ । जस अन्तरगर्त उपाध्यक्षमा गिता कुमारी बस्नेत, कविता विक सचिव, मुना आछामे सहसचिव, कोषाध्यक्ष छत्र कुमारी थापा मगर, सदश्यहरुमा केत कुमारी बराल, मन्दिरा कुमारी विक, कृष्ण कुमारी आले मगर र शोभा कुमारी गुर्मछान चयन हुनु भएको छ ।
सहकार्य नेपाल सिन्धुली द्धारा गठीत सुनौलो बिहानी कृषि तथा उद्यमशिल सहकारी संस्था लिमिटेडमा कनपा ११ र १२ का महिला गरि ३ सय ३ जना सदस्यहरु रहेका छन् । कार्यक्रमको सहजिकरण सहकार्य नेपालको रहेको थियो ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]