तरकारी खेति बाट एकै घरपरिवारले ३ देखि ४ लाखसम्म आम्दानी



Published Date:2020-11-26

Views: 693

हाम्रो सिन्धुली, ११ कार्तिक – घ्याङ्लेख गाँउपालिका ४ का स्थानिय बासिन्दा यतिबेला निकै व्यस्त देखिन्छन् । उनिहरु यतिबेला आफ्नो बारीमा फलाएका तरकारी बजार पठाउन जुटिरहेका छन । केहि समय पहिला यो खेतिमा खासै चासो नदेखाउने किसानहरु पनि आजभोलि निकै व्यस्त छन । मुख्य बालि मकै भएपनि मकै संगसंगै धेरै तरकारी फलाउन सकिने भएकाले उनिहरु त्यस तरकारी खेतिलाई मुख्य खेतिकै रुपमा गर्न थालिएको किसानहरु बताउछन । गाँउपालिकाको वडा नं. ४ स्थित चौकिडाडा, गोपे, गोठडाडा र बन्दीपुरका स्थानिय बासिन्दाहरु करिब ५ सय घरधुरीले उक्त तरकारी खेति मुख्य खेतिकै रुपमा गर्ने गरिएको गोठडाडाका स्थानिय भरत घिसिङले जानकारी दिए । अहिले बजारमा हरियो तरकारीको सिजन नै रहेको छ । भदौ महिनामा लगाएको तरकारी माघ सम्ममा विक्रि गरिसक्ने घिसिङले बताए । गाँउपालिकामा ग्रामिण सडक पुगेपछि धेरै सजिलो भएको किसानहरु बताउछन ।

यहि तरकारी खेति बाट एकै घरपरिवारले ३ देखि ४ लाखसम्म आम्दानी गर्ने गरेका छन । विगतका दिनहरुमा मोटरबाटो नहुदा एकदिनको बाटो हिडेर भएपनि तरकारी विक्रि गरिहेका किसान अहिले भने मोटरबाटो खुलेपछि आफ्नै घर आगनबाटै तरकारी बेच्न पाउदा खुसि भएका छन । आधुनिक तबरले नभएपनि आफुहरुले जानेको ढङ्गले तरकारी खेतिबाट किसानहरु सन्तुष्ट नै रहेको घिसिङिले बताए । यो बर्ष मुला खेति गर्ने किसान भने सोचेजस्तो बजारभाउ नपाउदा चिन्तित भएका छन । अघिल्लो वर्ष प्रति किलो २० देखि २५ रुपैयाँमा विक्रि भएको मुला यो वर्ष भने प्रति किलो १० देखि १५ रुपैयाँमा विक्रि गर्नु परेको गुनासो किसानको रहेको छ । अन्य तरकारीको बजार भाउ भने सन्तोष जनक नै रहेको घिसिङ बताउछन । घिसिङ भन्नुहुन्छ “अब बिस्तारै यहि खेतिलाई आधुनिक ढङ्गबाट गरिने योजना रहेको छ । आफ्नै गाँउघरमा उत्पादन हुने अनि उत्पादन गर्न सकिने र फलाउन सकिने बस्तुहरुलाई बजारसम्म पु¥याएर बजारको भाउमा दिदा पनि आम्दानी राम्रो हुने रहेछ । गरे के हुदैन र गर्नको लागि हिम्मत अनि जोस चाहि हुनुपर्छ । ”

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]