Published Date:2020-12-12
Views: 549
हाम्रो सिन्धुली, २७ मंसिर – हातेमालो साना किसान कृषि सहकारी संस्था लिमीटेडको १३ औँ वार्षिक साधारण सभा एवंम शहिद स्मारक साना किसान आयआर्जन समुह द्धारा संञ्चालीत आधुनिक स्वरोजगार व्याबसायिक भैंसि पालन फार्म संयुक्त उद्घाटन कार्यक्रम आज घ्याङ्लेख १ सिम्लेमा सम्पन्न भएको छ ।
हातेमालो साना किसान कृषि सहकारी संस्था लिमीटेडको अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षता तथा प्रदेश सरकार बागमती प्रदेश हेटौडा मक्वानपुरको प्रमुख सचिव डा. मान बहादुर विकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०७६ ७७ मा शेयर रकम ७१ लाख ८ हजार ७ सय, बचत रकम ९५ लाख ६० हजार ३९ रुपैया, कोष हिसाब २२ लाख ९६ हजार ८ सय ७१, आन्तिरीक श्रोत १ करोड ८९ लाख ६५ हजार ६ सय १० रुपैया गरी संस्थाले कमाएको खुद नाफा ५ लाख दुई हजार ३ सय ३३ रुपैया रहेको हातेमालो साना किसान कृषि सहकारी संस्था लिमीटेडको कोषाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा उत्कृष्ट बाल बचत गर्ने ७ जनालाई स्टेशनरी, उत्कृष्ट शेयर कर्ता १ जना लाई करुवा प्रदान गरी सम्मान गरीएको थियो । हातेमालो साना किसान कृषि सहकारी संस्था लिमीटेड सिन्धुलीको लगानीमा उत्पादित भईसकेको दुध संकलन कार्यमा दुधको गुणस्तरमा उत्कृष्ट कायम गर्दै प्रति लिटर उत्कृष्ट लिन सफल ३ जना कृषकलाई एक एक हजार रुपैया र प्रत्येक महिना १४२८.५७ लिटर देखि ३५७१.४७ लिटर सम्मको उत्कृष्ट पणिाममा दुध उत्पादन गर्न सफल निर्मला गौतमलाई ५ हजार रुपैया, संस्थागत विकाशमा आई पर्ने वडा स्तरीय प्रशासनिक सदश्य विस्तार, भौतिक पुर्वधार कार्यमा सहयोग गर्दै अभिभावकको भुमिका निर्बाह गर्ने कार्यमा ९ जना उत्कृष्ट व्यक्तिहरु, १६५ वटा समुहहरु मध्य नेतृत्व र क्रियाशिलतामा उत्कृष्ट ६ वटा समुह, ११ वटा अन्तर समुह मध्य क्रियाशिल र प्रभाजकारीता नेतृत्वमा उत्कृष्ट एउटा समुहलाई भित्ते घडी प्रदान गरी सम्मान गरीएको थियो ।
त्येस्तै द्धन्द्धा पिडीत परिवार, शारीरिक अशक्त सदस्य तथा उत्कृष्ट मुद्धती बचत कर्तालाई करुवा, जेष्ठ सदश्यता उत्कसष्ट कारोवार गर्ने, कर्मचारी लगाएतलाई पनि सम्मान गरीएको थियो ।
साथै कार्यक्रममा पशुको सुत्केरी भक्ता भुक्तानी पशुविमाको क्षेतीपुर्ति भुक्तानी लगाएतको कार्यक्रम पनि भएको थियो ।
आईतमान भोलनले निमार्ण गरीएको करिव २८ वटा भैसि अटाउन सक्ने आधुनिक भैंसि पालन फार्मलाई उद्घाटन गर्नु हुदै प्रमुख अतिथि प्रदेश सरकार बागमती प्रदेश हेटौडा मक्वानपुरको प्रमुख सचिव डा. मान बहादुर विकले अब लडाई गरेर नभई श्रम गरेर कृषिमा क्रान्ति हुने भन्नुहुदै अब सम्पुण कृषकहरुले श्रम गर्नु आबस्यक रहेको बताउनु भयो ।
उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]
उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]
हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]