कलाघरद्धारा लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान



Published Date:2020-12-24

Views: 166

हाम्रो सिन्धुली, ९ पुष/ कमलामाई नगरपालिका ३ मा रहेको कलाघरले लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान गरेको छ । लामो समय देखि परम्परागत खैजेडी भजन गाएको भन्दै स्थानिय ताराबहादुर कार्की सहित उहाँको टिमलाई खादा र सम्मान पत्र दिइ सम्मान गरिएको कलाघरका अध्यक्ष सुमन थापामगरले जानकारी दिनु भयो । उहाँका अनुसार आज एक औपचारीक कार्यक्रम गरि सम्मान गरिएको हो । रक्तमाला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषि सिग्देलको अध्यक्षता तथा कमलामाई नगपालिका ३ का वडा अध्यक्ष खड्ग प्रसाद चौलागाइको प्रमुख आथित्यतामा कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकाल, नागरिक दैनिक जिल्ला सम्वादाता अनिल भण्डारी, गाउँका बृद्धजिवि लगाएत कलाघरका कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै वडा अध्यक्ष चौलागाईले कलाघरलाई व्यक्तिगत र वडा दुबैको तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनु भयो । यस्तै कार्यक्रममा सिन्धुलीगढीका इतिहासकार तथा कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले सिन्धुलीगढीको इतिहासका बताउदै कलाघरको संरक्षण र प्रर्वद्धनमा जोड दिनु भएको थियो । कलाघरका युवतीहरुले पञ्चे बाजा तथा खैजेडी भजन गाएर उपस्थितलाइ स्वागत गरेका थिए ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]