जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला



Published Date:2020-12-27

Views: 204

हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको अन्योल र पार्टी विभाजन हुनुको कारणबारे छलफल भएको प्रधानमन्त्री ओली पक्षका बागमती प्रदेश सासंद विनोद कुमार खड्काले बताउनु भयो । उहाँले पार्टीको अबका रणनीतिबारे पनि भेलामा छलफल गरिएको बताउनुभयो ।
यस्तै नेकपाको जिल्ला पार्टी कार्यलय सिन्धुलीको भवन निमार्णमो सहयोग नगर्नेहरुले पार्टी कार्यलयमा हक जमाउने गरेको कमलामाई नगरपालिकाका नगर कमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले बताउनु भयो । आज कमलामाई नगरपालिका स्थरिय प्रधानमन्त्री ओली पक्ष समुहको भेलामा उनले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्री ओली सरकारले राम्रो काम गर्दा गदै आफ्नै पार्टीका समकक्षी साथीले घेराबन्दी गरि काम गर्न नदिएकाले संसद विघटन गर्न सरकार बाध्य भएको बताउनु भयो । साथै उनले बहुमतको सरकार हुदाँ विभिन्न कारणले सरकारलाई काम गर्न उपयुक्त वातावरण नभएमा सरकारले संसद विघटन तथा मध्यवर्धी चुनाव गर्न पाउने व्यवस्था संविधानमा उल्लेख भएको जानकारी दिनु भयो ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • कलाघरद्धारा लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान

    हाम्रो सिन्धुली, ९ पुष/ कमलामाई नगरपालिका ३ मा रहेको कलाघरले लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान गरेको छ । लामो समय देखि परम्परागत खैजेडी भजन गाएको भन्दै स्थानिय ताराबहादुर कार्की सहित उहाँको टिमलाई खादा र सम्मान पत्र दिइ सम्मान गरिएको कलाघरका अध्यक्ष सुमन थापामगरले जानकारी दिनु भयो । उहाँका अनुसार आज […]