सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।



Published Date:2021-01-08

Views: 191

हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै सुचना, समाचार र मनोरन्जनको रुपमा समुदाय स्तरका नागरिकहरुलाई सेवा प्रबाह गदैँ आएको छ ।
२०६४ साल पुस ९ गते बाट परिक्षण प्रसारण सुरु गरेको रेडियोले पुस २४ गते तत्कालिन सभामुख सुबासचन्द्र नेम्वाङद्धारा उद्घाटन गरे सङ्गै नियमित रुपमा प्रसारण गरेको थियो । धेरै संघर्षका साथ रेडियो स्थापना गरिएको रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरेले बताउनु भयो । रेडियो स्थापना काल देखि हाल सम्म सहयोग गर्न विभिन्न संघसंस्था, शेयरधनी, बिज्ञापनदाता, स्रोतालाई अध्यक्ष घिमिरेले धन्यबाद व्यक्त गर्नुभएको छ । हाल रेडियो सिन्धुलीढीले ५ सय वार्ड क्षमता बाट रेडियो प्रसारण गरिरहेको छ । सिन्धुली लगाायत सिन्धुली आसपासका १० वटा जिल्लामा रेडियो सिन्धुलीगढिले सुचना प्रवाह गरेको छ ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]


  • कलाघरद्धारा लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान

    हाम्रो सिन्धुली, ९ पुष/ कमलामाई नगरपालिका ३ मा रहेको कलाघरले लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान गरेको छ । लामो समय देखि परम्परागत खैजेडी भजन गाएको भन्दै स्थानिय ताराबहादुर कार्की सहित उहाँको टिमलाई खादा र सम्मान पत्र दिइ सम्मान गरिएको कलाघरका अध्यक्ष सुमन थापामगरले जानकारी दिनु भयो । उहाँका अनुसार आज […]