अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग



Published Date:2021-01-12

Views: 112

हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो ।

संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि गरिएकाले उक्त गतिबिधिमा रोक लगाई उश्रृङ्खल गतिबिधि गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ । पुस ५ गते प्रधानमन्त्रिको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा संसद बिघटन गरिएको थियो । उक्त संसद बिघटनको बिरोधमा नेकपाका दाहाल नेपाल समुह,नेपालि काङ्ग्रेस, जनता समाजबादि पार्टि लगायतले बिरोध गदैँ आएका छन् । बिज्ञप्तिमा भनिएका छ “लोकतन्त्रमा जुलुस सभा गर्ने आफ्नो बिचार अबिब्यक्त गर्ने स्वतन्त्र हुन्छ । हाल केहि दिनहरुमा सार्बजनिक कार्यक्रम, भेला, जुलुस, नारा तथा बिधुतिय सामाजिक सन्जालद्धारा असभ्यर कानुनको सर्बोच्च निकाय सम्माननिय राष्ट्रपतिको बिरुद्धमा अत्यन्तै लज्जासपद, अमानबिय, अराजक र निकृष्ठ ढंगले अपमानजनक अर्मयादित असभ्य र कानुनले बन्देज गरेका भाषको प्रयोग गदैँ दिइएको अभिब्यक्तिहरु प्रति अखिल नेपाल महिला संघ घो निन्दा, भत्र्सना र खेद ब्यक्त गर्दछ ।” अखिल नेपाल महिला संघ सिन्धुलीले सरकार समक्ष राष्ट्र, जनता तथा सिङ्गो महिला समुदाय, आमा दिदिबहिनी माथि घोर अपमान भएकाले दोषिको पहिचान गरि कारबाहि गर्न माग गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गृहमन्त्रालय समक्ष उक्त ज्ञापन पत्र आज नै बुझाउने बताउनु भयो । अखिल नेपाल महिला संघले आज देशब्यापि रुपमा उश्रृङ्खल गतिबिधि गर्नलाई कडा भन्दा कडा कारबाहि गर्न माग गदैँ ज्ञापनपत्र बुझाएको छ ।

Share on Google+

Related Posts


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]


  • कलाघरद्धारा लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान

    हाम्रो सिन्धुली, ९ पुष/ कमलामाई नगरपालिका ३ मा रहेको कलाघरले लोपन्मुख खैजेडी भजन बाजाको संरक्षण र प्रर्वद्धनमा लाग्ने बृद्धहरुलाई सम्मान गरेको छ । लामो समय देखि परम्परागत खैजेडी भजन गाएको भन्दै स्थानिय ताराबहादुर कार्की सहित उहाँको टिमलाई खादा र सम्मान पत्र दिइ सम्मान गरिएको कलाघरका अध्यक्ष सुमन थापामगरले जानकारी दिनु भयो । उहाँका अनुसार आज […]