नेकपा केन्द्रीय सदस्य शान्तिमान कार्की माथि कुटपिट



Published Date:2021-02-04

Views: 1364

हाम्रो सिन्धुली, २२ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शान्तिमान कार्की माथि बन्द आव्हानकर्ताको समूहले हातपात गरेको छ । आज कमलामाई नगरपालिका ६ शान्तिनगर चोकमा नेकपा प्रचण्ड–नेपाल समूह का केन्द्रीय सदस्य कमलजंग राईको नेतृत्वमा रहेको समूहले कार्की माथि हातपात गरेका हो । बन्दको बेला सवारी साधनमा हिडेको भन्दै कुटपिट गरेको नेकपा केपी समुहका युवा नेता अरुण लामाले बताउनु भयो । कार्कीलाई हातपात गरे पछि सत्तारुढ दल नेकपा ओलि समुहका कार्यकताले दोसीलाई कार्बाहि गर्ने माग गरेका छन् । यस्तै बन्द हड्ताल गर्न पाइदैन, बाटो छेक्न पाइदैन, मान्छे पिट्न पाइदनै, अपराधीलाई कार्बाही गर भन्ने नारा लगाइ दोषीलाई कार्बाही गर्न माग गरेका थिए ।
प्रदेशसभा संसाद प्रदिप कटुवालको टोलिले दोषीलाई कार्बाही गर्न माग गदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख योगेन्द्र पाण्डेसँग छलफल गरेका छन् । प्रमुख पाण्डेसँगको छलफल गोप्य रहेको भन्दै प्रत्रकारलाई छलफलमा जान रोक लगाइएको थियो ।

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]