सिन्धुली बहुमुखी क्याम्पस नेवि संघले महाधिवेशन नगरेको भन्दै नेविसंघ समर्थक विद्यार्थीले नेविसंघ जिल्ला सभापति खड्कालाई ध्याना कर्षण पत्र बुझायो



Published Date:2021-02-04

Views: 264

हाम्रो सिन्धुली, २२ माघ – सिन्धुली बहुमुखी क्याम्पस नेवि संघले महाधिवेशन नगरेको र नेवि संघमा आवद्ध विद्यार्थीलाई थाहा नदि कार्यवाहक सभापतिको जिम्मेवारी तोकीएको भन्दै बहुमुखी क्याम्पस नेविसंघ समर्थक विद्यार्थीले नेवि संघ सिन्धुलीका सभापति उत्पल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको छ । बिहिबार सिन्धुली बहुमुखी क्याम्पस नेविसंघले विगत २ वर्ष देखि महाधिवेशन नगरेको भन्दै नेवि संघ जिल्ला सभापति उत्पल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको हो । लामो समयसम्म अधिवेशन नहुँदा संगठनमा गतिशीलता ह्रास भइरहेको पत्रमा उल्लेख गरिएको छ । “उक्त कार्यले गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा संगठन कमजोर अवस्थामा पुग्ने छ । यस कार्यतर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौ ।” पत्रमा भनिएको छ । यस्तै तत्काल अधिवेश सम्पन्न गर्नको लागि नेविसंघ समर्थक विद्यार्थीले पत्र मार्फत माग गरेको छ । साथै उक्त विषयहरुमाथि जिल्ला कार्यसमिति तत्काल निष्कर्षमा नपुगे थप कार्यक्रमहरु सोच्न बाध्य हुने पत्रमा जानकारी गराइएको छ ।

Share on Google+

Related Posts


  • अनेरास्वयू सिन्धुलीको जिल्ला र क्याम्पस कमिटी गठन

    हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र […]


  • जंगली हात्तिले ४ घरमा ७ लाख क्षेत्री पु¥यो

    हाम्रो सिन्धुली, १० फागुन/ जिल्लाको दुधौली नगरपालिका ६ को दमनडाँडा टोलमा जंगली हात्तीले ४ घरमा क्षेती पु¥याएको छ । आज विहान तीन वटा जंगली हात्तीले दमनडाँडा टोलमा पसेर घरमा क्षेती पु¥याएको हो । दुधौली नगरपालिका ६ का जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको घरमा क्षेती पु¥याएको जिल्ला प्रहरी […]


  • विद्यार्थीको खेलकुदमा सौरभको साथ

    हाम्रो सिन्धुली, ८ फागुन/काठमाडौको कमलपोखरीका शौरभ रिमालले सिन्धुली विद्याश्रम अँगे्रजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदको सामाग्री हस्तान्तरण गर्नु भएको छ । सुक्रबार कमलामाई नगरपालिका ४ दोवनटारको सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा पुगी विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ वटा, फुटबल ५ वटा, ब्याटमिन्टन लगाएत तीन जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको […]