Published Date:2021-02-14
Views: 72
हाम्रो सिन्धुली, २ फागुन/ जिल्लाको मरिण गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकिय भवन उद्घाटन गरिएको छ । शनिबार एक औपचारीक कार्यक्रमको बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भवन उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन गदै अध्यक्ष प्रचण्डले थोरै समयमा मजबुत तथा लिफ्ट सहितको भवन निमार्ण भएको भन्दै बधाई दिनु भयो । यस्तै उहाँले २६ औं जनयुद्ध दिवसको सन्दर्भ उठाउँदै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई श्रदानञ्ली व्यक्त गर्नु भयो । अध्यक्ष प्रचण्डले सरकारले चालेको प्रतिगमन कदम प्ररास्थ हुने विश्वास गर्नु भएको छ ।
मरिण गाउँपालिकाको ४ करोड ९९ लाख ९६ हजार ६ सय १९ रुपैया ६३ पैसा लागतमा तीन तलाको लिफ्ट सहितको भवन निमार्ण सम्पन्न भएको जनाइएको छ । जिल्लाको सबै भन्दा ठुलो तथा सुविधा सम्पन्न उक्त भवन रहेको छ । गत २०७५ साल असार २६ गते अनक कन्ट्रक्सन कम्पनी प्रा.ली सँग सम्झौता गरि भवन निमार्ण कार्य सुरु गरिएको थियो । २०७७ साल पुष २६ गते भवन निमार्ण सम्पन्न गरि सक्ने सम्झौता भएको थियो । कोरोना भाइरसको माहामारी र लगडाउनको समस्या झेल्दै समयमै भवन निमार्ण सम्पन्न गरिएको निमार्ण व्यवसायी दिपक माझीले बताउनु भएको छ । उहाँका अनुसार भवन निमार्णमा गुणस्तरीय सामाग्रीको प्रयोग गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष पानिराज वन्जनको अध्यक्षता तथा ेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आथित्यतामा बागमती प्रदेश सांसद राजन दाहाल,बुद्धमान माझि, जनप्रतिनिधि,विभिन्न संघ सस्थका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र […]
हाम्रो सिन्धुली, १० फागुन/ जिल्लाको दुधौली नगरपालिका ६ को दमनडाँडा टोलमा जंगली हात्तीले ४ घरमा क्षेती पु¥याएको छ । आज विहान तीन वटा जंगली हात्तीले दमनडाँडा टोलमा पसेर घरमा क्षेती पु¥याएको हो । दुधौली नगरपालिका ६ का जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको घरमा क्षेती पु¥याएको जिल्ला प्रहरी […]
हाम्रो सिन्धुली, ८ फागुन/काठमाडौको कमलपोखरीका शौरभ रिमालले सिन्धुली विद्याश्रम अँगे्रजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदको सामाग्री हस्तान्तरण गर्नु भएको छ । सुक्रबार कमलामाई नगरपालिका ४ दोवनटारको सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा पुगी विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ वटा, फुटबल ५ वटा, ब्याटमिन्टन लगाएत तीन जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको […]