अपाङ्गता तथा अपाङ्गता आस्रितहरुको लागि छली तथा मेटल आर्ट बिषयक एक महिने सिप बिकाश तालिम सिन्धुलीमाढीमा सुरु



Published Date:2021-02-15

Views: 75

हाम्रो सिन्धुली, ३ फागुन -अपाङ्गता तथा अपाङ्गता आस्रितहरुको लागि छली तथा मेटल आर्ट बिषयक एक महिने सिप बिकाश तालिम आज बाट सिन्धुलीमाढीमा सुरु भएको छ ।
कमलामाई नगरपालिका सिन्धुलीको सहयोग तथा अपाङ्ग कल्याण संघ सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा आज कमलामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्रिले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख खत्रिले अपाङ्गता, अनाथ, दिन दःुखि लाई नै स्थानीय सरकारको आबश्यक रहेको बताउनु हुदै तालिम दिने अपाङ्गग कल्याण संघ सिन्धुलीलाई नगरको तर्फ बाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
अहिलेको वेला सपाङ्ग व्यक्तिहरुपनि सिप र ज्ञानको हिसाबले अपाङ्गग भईरहेको वेला अपाङ्गता व्यक्तिहरुले सिप सिकि आत्मा निर्भर बन्नु आफैमा राम्रो रहेको बताउनु भयो ।
एक महिना सम्म चल्ने सिप बिकाश तालिममा सिन्धुलीको ५ जना अपाङ्ग महिला तथा पुरुष सहभागि रहेको अपाङ्गग कल्याण संघ सिन्धुलीको अध्यक्ष बिरु लामाले बताउनु भयो । तालिमको अबधि भर सहभागिहरुलाई खाने बस्नेको पनि व्यबस्ता गरेको र तालिम पश्चात सिन्धुलीमा तालिमबाट सिकेको सिपलाई एउटा छुट्टै स्टल राखि उत्पादित सामाग्रिहरुको बजारको ग्यारेन्टि पनि गरिने संयोजक लामाले बताउनु भयो ।
तालिममा गहुको छवाली र मेटल आर्टको सिप सिकाईने छ । तामिको सहजिकरण भने नेपाल क्राफ्ट काठ्माण्डौको प्रतिनिधि निश्चल श्रेष्ठले गर्नु हुेने छ ।

Share on Google+

Related Posts


  • अनेरास्वयू सिन्धुलीको जिल्ला र क्याम्पस कमिटी गठन

    हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र […]


  • जंगली हात्तिले ४ घरमा ७ लाख क्षेत्री पु¥यो

    हाम्रो सिन्धुली, १० फागुन/ जिल्लाको दुधौली नगरपालिका ६ को दमनडाँडा टोलमा जंगली हात्तीले ४ घरमा क्षेती पु¥याएको छ । आज विहान तीन वटा जंगली हात्तीले दमनडाँडा टोलमा पसेर घरमा क्षेती पु¥याएको हो । दुधौली नगरपालिका ६ का जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको घरमा क्षेती पु¥याएको जिल्ला प्रहरी […]


  • विद्यार्थीको खेलकुदमा सौरभको साथ

    हाम्रो सिन्धुली, ८ फागुन/काठमाडौको कमलपोखरीका शौरभ रिमालले सिन्धुली विद्याश्रम अँगे्रजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदको सामाग्री हस्तान्तरण गर्नु भएको छ । सुक्रबार कमलामाई नगरपालिका ४ दोवनटारको सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा पुगी विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ वटा, फुटबल ५ वटा, ब्याटमिन्टन लगाएत तीन जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको […]