विद्यार्थीको खेलकुदमा सौरभको साथ



Published Date:2021-02-20

Views: 162

हाम्रो सिन्धुली, ८ फागुन/काठमाडौको कमलपोखरीका शौरभ रिमालले सिन्धुली विद्याश्रम अँगे्रजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदको सामाग्री हस्तान्तरण गर्नु भएको छ । सुक्रबार कमलामाई नगरपालिका ४ दोवनटारको सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा पुगी विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ वटा, फुटबल ५ वटा, ब्याटमिन्टन लगाएत तीन जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ । आफ्नो व्यक्तगत खर्चमा सामाग्री वितरण गरेको उहाँले बताउनु भयो । लगभग २५ हजार लागतको सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई शिक्षासँगै खेलकुद पनि महत्व भएकाले खेलकुदको सामाग्री वितरण गरेको रिमालकोे भनाई छ । “विद्यार्थीमा धरै प्रतिभा हुन्छन् ।” उहाँले भन्नु भयो, “उक्त प्रतिभा बाहिर ल्याउनका लागि केहि सहयोग हुन्छ भनी खेलकुदको सामाग्री वितरण गरेको हो ।” खेलकुद स्वास्थ्यका लागी पनि लाभदायी हुने रिमालले बताउनु भयो । विभिन्न ठाउँका असाय, अनार्थ, आर्थिक अवस्था कम भएका परिवारका विद्यार्थीलाई सहयोग गरिरहेको उहाँले बताउनु भयो । यस्तै विद्यार्थीहरुलाई खेलकुदको सामग्री वितरण गरेर सहयोग गरेको भन्दै विद्यालयका प्रधानध्यापनक पोसक पौडलले रिमाललाई धन्यवाद व्यक्त गर्नु भयो ।

Share on Google+

Related Posts


  • अनेरास्वयू सिन्धुलीको जिल्ला र क्याम्पस कमिटी गठन

    हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र […]


  • जंगली हात्तिले ४ घरमा ७ लाख क्षेत्री पु¥यो

    हाम्रो सिन्धुली, १० फागुन/ जिल्लाको दुधौली नगरपालिका ६ को दमनडाँडा टोलमा जंगली हात्तीले ४ घरमा क्षेती पु¥याएको छ । आज विहान तीन वटा जंगली हात्तीले दमनडाँडा टोलमा पसेर घरमा क्षेती पु¥याएको हो । दुधौली नगरपालिका ६ का जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको घरमा क्षेती पु¥याएको जिल्ला प्रहरी […]


  • सिद्धस्थलीका पूर्व विद्यार्थीहरु द्धारा विद्यालयमा सरस्वती देवीको मूर्ती स्थापना

    हाम्रो सिन्धुली, ४ फागुन – सिद्धस्थली ईगंलिस बोर्डिङ स्कुल, माडी बजार सिन्धुलीको एस.एल.सी. ब्याच २०५९ ले सिद्धस्थली स्कुलको प्रागंणमा सरस्वती देवीको मूर्ती स्थापना गरेका छन् । उक्त ब्याचमा रहेका विद्यार्थीहरुको समूहले विद्यालयको लागि योगदान पु¥याएका छन् । मूर्ति अनावरण समारोहमा विद्यालयका प्रधानाध्यापक ओम प्रधानले सिद्धस्थली ईगंलिस बोर्डिङको एस.एल.सी ब्याच मध्ये २०५९ सालको ब्याच अहिले सम्मको […]