अनेरास्वयू सिन्धुलीको जिल्ला र क्याम्पस कमिटी गठन



Published Date:2021-03-01

Views: 260

हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र फुयालको संयोजकमा ६१ सदस्य गठन गरिएको छ । सहसंयोजकमा गोविन्द पहाडी,कन्चन पहाडी,विजय खड्का, सन्तोष घिमिरे, प्रकाश पाण्डे र हेम कुमार आछामी रहेका छन् । बैठकले नौ वटै स्थानिय तह र जिल्ला भित्रका क्याम्पस कमिटी गठन गरेको छ । कमलामाई नगरपालिकामा राजु योन्जन संयोजक र जानुका खड्का सहसंयोजक तोकिएको छ । दुधौली नगरपालिकामा युवराज अधिकारी दनुवार संयोजक र रमना सापकोटा सहसंयोजक, तिनपाट गाउँपालिकामा जमुना अधिकारी संयोजक र सहसंयोजकमा नारायण बस्नेत , फिक्कल गाउँपालिकामा अम्बर खड्का संयोजक र सहसंयोजकमा नारायण घिमिरे गोल्नजोर गाउँपालिकामा धनबहादुर श्रेष्ठ (सुवास) र सहसंयोजकमा चुडा ठकुरीलाई जिमेवारी दिएको छ भने सुनकोशी गाउँपालिकामा कुन्दन हायु संयोजक र सहसंयोजकमा अनोज स्याङ्वा, घ्याङ्लेख गाउँपालिकामा निर्मल लामा तामाङ्ग संयोजक र सहसंयोजकमा रवि गोले, मरिण गाउँपालिकामा सुनिल पौडेल संयोजक र सहसंयोजकमा भुवन ठाडा मगर र हहिपुरगढी गाउँपालिकामा धिरेन्द्र घिसिङ संयोजक र सहसंयोजकमा विज्ञान दोर्जे बललाई जिमेवारी दिएको छ । यस्तै जिल्ला भित्रका ११ क्याम्पसमा कमिटी गठन गरिएको छ ।

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]