Published Date:2021-03-13
Views: 214
हाम्रो सिन्धुली, २९ फागुन /तिनपाटन गाउँपालिका१० मा सुरक्षित हात धुने स्थल स्थापनाको लागि बाल्टिन वितरण गरिएको छ । विहिबार वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसिप परियोजना अन्तर्गत गाउँपालिकाको१० नम्बर वडा भित्रका ३ सय ५९ घरधुरीलाई हातधुने स्थल स्थापना गर्नको लागि प्रति परिवार ९ सय ६० रुपैया ५० पैसा बराबरको बाल्टिन वितरण गरिएको हो । उक्त क्षत्रका अति जोखिममा परेका, आर्थिक अवस्था कम भएका, एकल महिला तथा भिन्न क्षमता भएका परिवार लगायत वडा नं १० ले उपलब्ध गराएको सूची बमोजिमका परिवारहरुलाई बाल्टिन वितरण गरिएको बाल स्पोन्सरशीप परियोजना संयोजक पंकराज पाण्डेले बताउनु भयो । परियोजनाले बाल संरक्षण र किशोरी सँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ उहाँले जानकारी दिनु भयो । बालमैत्री स्थानीय शासनको बाल बचाउ अन्तरर्गत रहेका चर्पी गएपछि तथा खाना खानु अघि र फोहोर सामान चलाएपछि हात धुनुपर्छ भन्ने सूचक पूरा गर्न सहयोग पु¥याउने उद्देश्यले सुरक्षित हात धुने स्थल स्थापनाको लागि बाल्टिन वितरण गरिएको संयोजक पाण्डेले बताउनु भयो । १० नम्बर वडा भित्र सुरक्षित हात धुने स्थल स्थापनाका लागि वडाले १ सय ७२,सिड्सले ४७,नेवाले २२ र रिलिफ नेपालले ३ सय ५९ घरधुरीलाई सहयोग गरेको छ । बाकीँ घरपरिवारलाई गाउँपालिकाले सहयोग गर्ने बताइएको छ ।
उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]
उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]
हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]