सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक



Published Date:2021-04-12

Views: 459

उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको थियो । गत आर्थिक वर्षमा संघको २९ हौ वार्षिक साधारण सभाको अवसरमा सार्वजनिक गर्ने तयारी गरेको भएता पनि कोभिडको कारण साधारण सभा र महोत्सवको हिसाव सार्वजनिक कार्यक्रम स्थगित गरेको संघले जनाएको छ । महोत्सवमा जम्मा ७४ लाख ६७ हजार ४ सय ९३ खर्च भएको छ । यस्तै कुल ९६ लाख ७ हजार ७ सय ४५ आय भएको उद्योग बाणिज्य संघ सिन्धुलीले जनाएको छ । महोत्सवको प्रचारप्रसारमा ५ लाख २२ हजार ९ सय २८, अतिथि सत्कारमा ११ लाख १३ हजार ६ सय ७,सांस्कृतिक कार्यक्रममा २ लाख २८ हजार ८ सय, स्पोन्सर अतिथि व्यवस्थापनमा १ लाख १० हजार ५ सय, स्टल निमार्णमा १३ लाख ६६ हजार ५ सय, आन्तिरिक सुरक्षा तथा स्वयम्सेवकमा ५ लाख ७१ हजार ३ सय,सामान खरिदमा ६९ हजार ५ सय, मेला प्रवर्दनमा १ लाख ९० हजार ६ सय २० र खानेपानी तथा सरसफाईमा २ लाख ३६ हजार ९० रुपैया खर्च भएको उद्योग बाणिज्य संघ सिन्धुलीले जानकारी दिएको छ ।

Share on Google+

Related Posts


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]


  • तिनपाटन गाउँपालिका १० मा सुरक्षित हात धुने स्थल स्थापनाका लागि बाल्टिन वितरण

    हाम्रो सिन्धुली, २९ फागुन /तिनपाटन गाउँपालिका­१० मा सुरक्षित हात धुने स्थल स्थापनाको लागि बाल्टिन वितरण गरिएको छ । विहिबार वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसिप परियोजना अन्तर्गत गाउँपालिकाको­१० नम्बर वडा भित्रका ३ सय ५९ घरधुरीलाई हातधुने स्थल स्थापना गर्नको लागि प्रति परिवार ९ सय ६० रुपैया ५० पैसा बराबरको बाल्टिन वितरण गरिएको हो । उक्त […]